सोमबार, पुष ७, २०८२

सुरु भयाे कलेज आइडिया हन्ट २०२२

नेपालखोज २०७९ साउन २० गते १९:०२


काठमाडौं । आईडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार बागबजार स्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।

नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आईडियासहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो । वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।

उक्त कलेज आईडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्र्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रुपमा उपस्थित थिए । यसैगरी त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगराम विश्वकर्मा, वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया, स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा, विधार्थीहरु लगायत बिभिन्न बिशिष्ठ व्यतिहरूको उपस्थिति रहेको थियो ।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

कलेज आईडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि http://ideastudio.org.np/submit-college-idea-hunt/मा गएर हेर्न सक्ने छन् ।

प्रतिक्रिया