मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउनुपर्छ : सिंह

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले अवसर पाउँदा काम नगर्ने पटक-पटक जनताको जनमतको अपमान गर्नेहरु अहिले रोईकराई गर्न थालेको बताएका छन् । जनमतको अपमान गरेकाले गठबन्धन बनाएर मुलुकलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउनुपर्ने बताए ।
मंसिर ४ गतेलाई निर्वाचन तय भइसकेकाले सबैको ध्यान निर्वाचन केन्द्रित भएको र मुलुकमा निर्वाचनको माहोल बन्दै गएको उनको भनाइ थियो । काठमाडौं क्षेत्र १ मा रहेको गुह्येश्वरी माविको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता सिंहले आश्वासनको भन्दा पनि वास्तविकता बुझेर अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।
उनले गलत काम अरु दल गर्ने तर त्यसको मार कांग्रेसले खेप्नुपरेको भन्दै मुलुकलाई संकट पर्दा जहिले कांग्रेस अवसर पाउँदा पार लगाएको उनको आरोप छ । उनले अरु दल र कांग्रेसको योगदानलाई समेत ख्याल गर्न आग्रह गरे ।
कार्यक्रममा नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफूले प्रयास गरिरहेको भन्दै आफ्नो क्षेत्रमा भएका सबै सामुदायिक पूर्वाधार विकासमा आफूले विशेष ध्यान दिएको दाबी पनि गरे ।








प्रतिक्रिया