शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकद्वारा पुनः ७ अर्ब १० करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७९ साउन २२ गते १९:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः सात अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने साउन २४ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरीको परिपक्व हुने अवधि भने २०७९ कात्तिक २२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यसअघि यही साउन १६ गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया