आइतबार, वैशाख २३, २०८१

गतिशील सेवा प्रवाहमा अब्बल एनआईसी एसिया

नेपालखोज २०७८ फागुन २७ गते ११:११

काठमाडौं । एनआईसी एसिया बैंकको पूर्ववर्ती एनआईसी बैंक हो, जुन २१ जुलाई १९९८ मा स्थापना भएको थियो । ३० जुन २०१३ मा बैंक अफ एसिया नेपालसंँग एनआईसी बैंक मर्जरपछि एनआईसी एसिया बैंकको रूपमा पुनः नामकरण गरिएको थियो । यो एक ऐतिहासिक मर्जर थियो । नेपालको वित्तीय परिदृष्य देशका दुई सफल वाणिज्य बैंकबीचको आफ्नो प्रकारको पहिलो मर्जर हो । आज एनआईसी एसियाले नेपालको सबैभन्दा सफल वाणिज्य बैंकको रूपमा आफूलाई स्थापित गरेको छ ।

एनआईसी एसिया बैंक अहिले पुँजी आधार, वासलातको आकार, शाखा संख्या, एटीएम नेटवर्क र ग्राहक संख्याका आधारमा निजी क्षेत्रको वाणिज्य बैंकहरू मध्ये एक हो । यस बैंकको देशका सबै प्रमुख वित्तीय केन्द्रहरूमा सन्जाल छ । बैंक मेरिटोक्रेसी, पारदर्शिता, व्यावसायिकता, टोली भावना र सेवाको उत्कृष्टतामा दृढ छ ।

एनआईसी एसिया बैंक लिमिटेडलले मुलुकभर फैलिएका शाखा सन्जालमार्फत आफ्ना लाखौं ग्राहक माझ गतिशील सेवा प्रदान गर्दै आइरहेको छ । चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् ।

बैंकको प्रगति
यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २७३.४६ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २९९.३४ अर्ब रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा बैंक रहेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको बैंक आ.व. २०७८/७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रतिसेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सन्जाल भएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ ।

सेवा विस्तार तथा योगदान
यो बैंक मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठूलो योगदान छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठूलो योगदान छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । कोरोना भाइरसको संक्रमणमा लकडाउन भएका बेला पनि एनआईसी एसिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको थियो ।

विषम् परिस्थितिमा समेत अनलाइन खाता खोल्ने ग्राहक ग्राहकको संख्यामा उल्लेख्य वृद्घि भयो । बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको थियो । बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी चौबीसै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गयो । यस्तै विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरू पूरा गर्न पनि बैंकले ग्राहकलाई उत्प्रेरित गरेको छ ।

‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय माध्यमबाट ग्राहकले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्थासमेत बैंकले सञ्चालन गर्यो ।

एनआईसी बैंकप्रति आमजनमानसको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसा छ । यो बैंक बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सन्जाल भएको बैंक हो । बैंक २१ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा छ । यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन् । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी प्रत्येक वर्ष अर्बौं रुपैयाँ राजस्व नेपाल सरकारलाई भुक्तानी गर्ने गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले जानकारी दिएका छन् ।

एउटैमा ९९ प्रकारका बचत खाता
एनआईसी एसिया बैंक एउटैमा ९९ प्रकारका बचत खाता छ । यो नेपालमा भएका अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सबैभन्दा धेरै बचत खाता हो । एनआईसी एसियामा निक्षेप खाता खोल्ने ग्राहक पनि २९ लाख बढी पुगेका छन् । यस बैंकमा भएका खाता संख्या र खाताका प्रकार अन्य बैंकहरूको भन्दा धेरै हुनुका साथै निक्षेप संकलन र कर्जा लगानीमा पनि यो बैंक अगाडि देखिन्छ ।

एनआईसी एसिया र वर्ल्डपर्मिट
विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एसिया बैंक र वर्ल्डपर्मिटबीच रणनीतिक साझेदारी भइरहेको छ । यसैक्रममा दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्डपर्मिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच साझेदारी भएको छ ।

यसबाट मलेसियामा बस्दै आएका नेपालीले बिनाझन्झट वर्ल्डपर्मिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाइ देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रूपमा नगद बुझन सकिने व्यवस्थासमेत रहेको छ ।

यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।

यस बैंकमा निक्षेप योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमासम्बन्धी, कर्जासम्बन्धी विभिन्न फाइदाहरू पाउने व्यवस्था गरिएको छ । यस्तै डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्स नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटीएमलगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक पाँच वर्षका लागि पूर्णरूपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।

रेमिट्यान्स र सम्झौता
विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एसिया बैंक र ट्रान्स क्यास इनटरनेसनलबीच व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेसनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले गरेका छन् ।

मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरूमा बस्दै आएका नेपालीले अब बिनाझन्झट आईपेका एजेन्टहरू, मोबाइल एप तथा वेबसाइटमार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्ने व्यवस्था छ ।

यस सुविधाका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाइ देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहजरूपमा नगद बुझन सकिने व्यवस्थासमेत छ ।

यस व्यावसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेक, तह र तप्काका महानुभावहरूले बुझ्न सहज हुने बैंकको विश्वास छ । डिजिटल बैंकिङलाई आत्मसात् गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लगेको छ । आफ्ना ग्राहकको सहजताका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ ।

प्रतिक्रिया