सोमबार, वैशाख १७, २०८१

आईएमई जनरलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

नेपालखोज २०७९ साउन २३ गते १७:१८

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको यही असार ७ गतेको १२०औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका अनुसार श्रेष्ठलाई यही साउन २३ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो । श्रेष्ठ विगत २७ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत छन् । बिमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।

सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरू, बिमा समिति, कम्पनीको सञ्चालक समिति अध्यक्षलगायत सञ्चालकहरू, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरूलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरूलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया