मंगलबार, पुष ८, २०८२

महाकाली नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ साउन २४ गते ९:४४

काठमाडौं ।  महाकाली नदीमा पानीको वहाव उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले जारी गरेको सूचनानुसार आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ भने कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । यता कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाएको छ । 

महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । 

प्रतिक्रिया