बिहीबार, वैशाख १३, २०८१

८ फाइनान्स कम्पनीको खुद मुनाफा घट्दा ६ वटाको बढ्यो

कुन फाइनान्सले कति कमायो नाफा ? (हेर्नुहोस् सूचीसहित)

नेपालखोज २०७९ साउन २४ गते १४:१५

काठमाडौं । आर्थिक वर्ष ०७८/७९ फाइनान्स कम्पनीहरूका लागि खुद मुनाफा आर्जनका दृष्टिकोणले केही असहज देखिएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदा निक्षेप कर्जा प्रवाह दुवै अपेक्षित रूपमा बढ्न नसक्दा यसको असर फाइनान्स कम्पनीहरूको खुद मुनाफामा देखिएको हो ।

कोभिड १९ को महामारीकै अवधिमा कमाएको खुद मुनाफाभन्दा पनि पछिल्लो आवमा नाफा कमजोर देखिनुले पनि आव ०७८/७९ फाइनान्स कम्पनीहरूका लागि केही असहज देखिएको हो ।

वित्तीय प्रणालीमा हाल १७ फाइनान्सले कारोबार सञ्चालन गर्दै आएका छन् । जसमध्ये हालसम्म १४ फाइनान्सले आव ०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी फाइनान्सहरूको कुल मुनाफा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ छ । फाइनान्सहरूले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ४२ करोड २६ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा भने फाइनान्स कम्पनीहरूले एक अर्ब ७५ करोड ६१ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये आव ०७८/७९ मा आईसीएफसी फाइनान्स, पोखरा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र समृद्धिसहितका आठवटा फाइनान्स कम्पनीहरूको खुद मुनाफा घटेको छ । यी फाइनान्सहरूले क्रमशः २० करोड ६ लाख, १० करोड १३ लाख २३ हजार, नौ करोड ७९ लाख ८२ हजार, नौ करोड १९ लाख ५० हजार, सात करोड २७ लाख एक हजार, ६ करोड ५३ लाख ९४ हजार र ६४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

अघिल्लो आवमा भने यी फाइनान्सहरूको यस्तो नाफा क्रमशः २४ करोड १४ लाख २३ हजार, १२ करोड ७० लाख ८२ हजार, ११ करोड १७ लाख ३७ हजार, ११ करोड ४४ लाख ५६ हजार, १४ करोड ९५ लाख ६ हजार, १० करोड ९२ लाख ६ हजार र दुई करोड आठ लाख ८० हजार रुपैयाँ थियो ।

आव ०७८/७९ मा गुडबिल फाइनान्स, बेस्ट फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र जानकीसहित ६ फाइनान्सको खुद मुनाफा बढेको छ । आव ०७८/७९ मा यी फाइनान्सले क्रमशः १८ करोड ८५ लाख ५५ हजार, १६ करोड ७२ लाख एक हजार, १० करोड ८४ लाख ३७ हजार, पाँच करोड एक लाख ४८ हजार, चार करोड ८५ लाख ७५ हजार र चार करोड ३० लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी फाइनान्सको यस्तो नाफा क्रमशः १८ करोड ३१ लाख ९२ हजार, आठ करोड २३ लाख ८३ हजार, ४९ करोड ७२ लाख ३२ हजार, चार करोड ११ लाख ५२ हजार, दुई करोड ६२ लाख २८ हजार र तीन करोड ११ लाख ९४ हजार रुपैयाँ थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा खुद मुनाफा घटे पनि आव ०७८/७९ मा सबैभन्दा बढी नाफा आईसीएफसी फाइनान्सले कमाएको छ भने सबैभन्दा कमजोर नाफा समृद्धि फाइनान्सको छ ।
आर्थिक वर्ष ०७८/७९ मा फाइनान्स कम्पनीहरूले कमाएको खुद मुनाफा (रकम रु. हजारमा)

प्रतिक्रिया