निर्वाचन आयोगमा एमालेले गरायाे दल दर्ता
नेपालखोज
२०७९ साउन २४ गते १९:४७

काठमाडाैं । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो ।
दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गरे । आगामी मंसिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो । रासस
सम्बन्धित








प्रतिक्रिया