मंगलबार, पुष ८, २०८२

प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै

नेपालखोज २०७९ साउन २५ गते ६:४१

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक संसद् भवन नयाँ बानेशवरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत् हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यसैगरी, खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ । 

प्रतिक्रिया