मंगलबार, पुष ८, २०८२

बैंकिङ कसुर मुद्दाका फरार शिवराज पक्राउ

नेपालखोज २०७९ साउन २६ गते १३:०२

भक्तपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा एक महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया