शनिबार, वैशाख २२, २०८१

गत महिना सर्वाधिक बिक्री भएका गाडी

नेपालखोज २०८० वैशाख ४ गते १४:५०

काठमाडाैं । पछिल्ला केही महिनामा स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) को बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ । यो खण्डले कुल बिक्री हुने सबै यात्रुवाहक गाडीको ठूलो हिस्सा ओगटेको छ । गत आर्थिक वर्षमा एसयूभीको बिक्री ३५ प्रतिशतले बढेको बताइन्छ । एसयूभी सेग्मेन्टका गाडीले साना कारको बिक्रीलाई पछाडि छोडेका छन् । लगभग हरेक कार निर्मातासँग अब सेग्मेन्टमा कम्तिमा एउटा एसयूभी छ । होण्डा एक मात्र त्यस्तो कार निर्माता हो जसको हालको लाइनअपमा कुनै एसयूभी छैन । रिपोर्ट अनुसार होण्डाले यहि वर्ष भित्र आफ्नो नयाँ एसयूभी लन्च गर्न सक्छ । एसयूभी उत्कृष्ट सुविधाहरू युक्त बजेट फ्रेन्डलि गाडि मानिन्छन् ।

Maruti Brezza

मारुतीको ब्रेजा यो सूचीको पहिलो नम्बरमा छ । गत वर्ष लन्च भएदेखि यो एसयूभीको बिक्री लगातार बढिरहेको छ । ब्रेजाले टाटाको सबैभन्दा धेरै बिक्री हुने नेक्सन एसयूभीलाई पनि उछिनेको छ । मार्चको बिक्री रिपोर्टलाई हेर्ने हो भने मारुतीले यो महिना कुल १६ ,२२७ वटा ब्रेजा बेचेको छ । जबकि फेब्रुअरी महिनामा यो संख्या १५ हजार ७ सय ८७ थियो । गत वर्षको तुलनामा यो वर्ष ब्रेजाको बिक्री ३० प्रतिशतले बढेको छ ।

Tata Nexon

गत वर्ष सबैभन्दा धेरै बिक्री हुने एसयूभी टाटा नेक्सन यो महिना दोस्रो नम्बरमा रह्यो । यो कार इन्धन र इलेक्ट्रिक दुवै भेरियन्टमा उपलब्ध छ । गत वर्षको बिक्री रिपोर्ट हेर्दा टाटाले यो कारको १४ हजार ७६९ युनिट बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो ।

Hyundai Creta

हुन्डाईको क्रेटा मानिसहरु लाइ सबैभन्दा मनपर्ने एसयूभी मध्येको एक हो। गत वर्षको तुलनामा यो एसयूभीको बिक्रीमा ३३ प्रतिशतले वृद्धि भएको छ । मार्चको कुरा गर्ने हो भने हुन्डाईले यो कारको १४,०२६ युनिट बिक्री गरेको थियो ।

Tata Punch

यो सूचीमा पर्ने टाटाको दोस्रो एसयूभी टाटा पन्च हो। मार्च महिनामा कम्पनीले यो एसयूभीका १० हजार ८९४ इकाइ बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो कारको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि फेब्रुअरी महिनाको तुलनामा यो एसयूभीको बिक्रीमा कमी आएको छ । फेब्रुअरी महिनामा यो एसयूभीका ११ हजार १६९ युनिट बिक्री भएका थिए ।

Maruti Suzuki Grand Vitara

यो सूचीमा मारुतीको दोस्रो एसयूभी हो । यो एसयूभीले किआ सेल्टोसलाई पछि पार्दै यो स्थान हासिल गरेको हो । मार्चको बिक्री प्रतिवेदन हेर्दा कम्पनीले १० हजार ४५ थान ग्रान्ड भिटारा बिक्री गरेको छ । यो एसयूभी को प्रतिस्पर्धा हुन्डाईको क्रेटासँग पनि छ।

प्रतिक्रिया