मंगलबार, जेठ १, २०८१

नेपाल चार्टर्ड एकाउन्टेन्टसका कर्मचारीलाई एमएडब्लूको सहुलियत

नेपालखोज २०७९ साउन २६ गते १८:१४

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउन्टेन्टस संघबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुईपक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यका लागि भएको हो ।

कम्पनीहरूसँग पारस्परिक सम्बन्ध विकास गरी सो कम्पनीलाई आफ्ना बाइक तथा स्कुटरहरू लिन सहज तथा अनुकूल वातावरण सिर्जना गरी सहयोग पुर्याउने अभिप्रायका साथ एमएडब्लूले यस्तो सम्झौता सुरु गरेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताएका छन् ।

सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने संघले जनाएको छ । सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सीईओ क्षेत्रीले यस किसिमको सम्झौताले दुवै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनमा यस किसिमका सम्झौता एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया