शुक्रबार, चैत १६, २०८०

मान्छे बौलाइसकेछ !

नेपालखोज २०७९ साउन २८ गते १४:०३

हेर त मान्छेको ताल
आफैँ आफैँमा बेताल
एक आपसमा प्रेम छैन
न त सद्भाव नै छ
आफ्नै हितमा निष्क्रिय
आफ्नै विनासमा सक्रिय
अहिले हामीलाई
शान्तिको नाममा उडाइँदै छ
यिनैको हातबाट कुनबेला मारिने हो
केही ठेगान छैन
एउटा परेवाले भन्छ,

अर्को भन्छ,
हामीलाई मार्ने कुरा गर्छौं
मान्छेले त एक आपसको द्वन्द्वमा
एक आपसको संर्घषमा
एकले अर्कोलाई
मारिरहेछ
मान्छे आफ्नै विनासमा तल्लिन छ
यही पक्रिया जारी रहेमा
सृष्टिको रूप नै बद्लिनेछ
मान्छे त बौलाइसकेछ ।

प्रतिक्रिया