राष्ट्रपति भण्डारीले गरिन् नागरिकता विधेयक फिर्ता
नेपालखोज
२०७९ साउन २९ गते १९:४९

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेकाे भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको जनाएकाे हाे ।
यसअघि जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपतिसमक्ष पठाएको थियो ।

सम्बन्धित








प्रतिक्रिया