बुधबार, वैशाख १२, २०८१

ज्योतिषशास्त्रमा नकारात्मक दृष्टि !

नेपालखोज २०७९ साउन ३० गते ५:००

ज्योतिषशास्त्रमा दृष्टि नकारात्मक ऊर्जासँग जोडिएको छ । यदि कसैको सोच, स्वभाव र सम्पर्कले हामीमा नकारात्मक प्रभाव पार्छ भने त्यसलाई आँखा लाग्नु भनिन्छ । आँखाको दृष्टिले गर्दा जीवनमा सकारात्मक उर्जा रोकिन्छ र व्यक्तिको प्रगतिमा बाधा आउन थाल्छ । मानिसहरु अक्सर यसका कारण बिरामी हुन्छन् । विशेष गरी बच्चाहरूमा यसकाे प्रधाव चाँडै पर्छ । आउनुहोस् जानौं मानिसमा दृष्टिको प्रभाव के हुन्छ र यसलाई कसरी हटाउन सकिन्छ ।

यदि बच्चालाई यसकाे प्रभाव छ भने रातो सुक्खा खुर्सानी लिएर बच्चाको टाउकोमा सात पटक घुमाएर आगोमा जलाउने । खुर्सानी नबलेसम्म पछाडि नहेर्नुहोस् । घरलाई नजरबाट जोगाउन, घरमा फोहोर जम्मा हुन नदिनुहोस् । पूजास्थलमा हरेक साँझ दियो बाल्नुहोस् । हप्तामा एक पटक घरमा भजन-कीर्तनको आयोजना गर्नुहोस् । काममा बारम्बार समस्या परेमा बायाँ हातको बीचको औंलामा फलामको औंठी लगाउनुहोस् । खराब नजरबाट बच्न चन्दनको सुगन्ध प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया