बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंकले गर्‍यो १३ अर्ब रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ साउन ३० गते १०:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

जारी मिति भने भोलि (साउन ३१ गते मंगलबार) तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँबराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २८ गते, २०७९ कात्तिक २९ गते र २०७९ फागुन २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यसअघि यही साउन २३ गते पनि राष्ट्र बैंकले सात अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया