मंगलबार, पुष ८, २०८२

सत्ता गठबन्धनकाे निर्वाचनमा सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बस्दै

नेपालखोज २०७९ साउन ३० गते ६:५१
फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धनकाे निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बस्दै छ । गएको बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको थियो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बिहीबारको बैठकमा पाँच दलीय सत्ता गठबन्धन कार्यदलको चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको थियाे ।आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बताएका थिए ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया