बुधबार, वैशाख २६, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन ३० गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य१५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया