इजरायलमा पनि मनाइयो २८औं आदिवासी दिवस

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ इजरायलले २८औं आदिवासी दिवस मनाएको छ ।
‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने मूल नारा संयुक्त राष्ट्रसंघले घोषणा गरेबमोजिम विश्वभर २८औं विश्व आदिवासी दिवस मनाइरहँदा महासंघको इजरायल शाखाले पनि आदिवासी समुदायको वेशभूषासहित सांस्कृतिक पहिचान झल्किने झाँकी प्रदर्शन र नृत्य प्रस्तुति गरेको थियो ।
कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । साथै इजरायलमा क्रियाशील विभिन्न राजनीतिक संघ-संगठन, सामाजिक, सांस्कृतिक, धार्मिक, कला, साहित्यिक संस्था र मिडियाकर्मीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको संयोजन डिककुमार तमुले गरेका थिए ।
इजरायलमा बाह्र वर्षयता हरेक वर्ष विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नानीमाया योञ्जन तामाङले बताएकी छन् ।









प्रतिक्रिया