सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
नेपालखोज
२०७९ साउन ३१ गते १२:४९

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक-२०७९’ लाई बहुमतले पारित गरेको छ ।
अर्थमनत्री जनार्दन शर्माले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक- २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरे ।
त्यसभन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराइएको थियो ।
सम्बन्धित








प्रतिक्रिया