बिहीबार, वैशाख १३, २०८१

महिला साफका लागि एन्फाद्वारा विभिन्न कमिटि गठन

नेपालखोज २०७९ भदौ १ गते ६:५६

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटिहरु गठन गरेको छ । एन्फाले मंगलबार महिला साफका लगि विभिन्न आठ कमिटिहरु गठन गर्नुका साथै त्यसको संयोजक पनि तोकेको छ ।

एन्फाले यसअघि नै भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, लोकल जेनरल को–अडिनेटरको रुपमा विजय घले, सुरक्षा प्रमुखको रुपमा दिनेश ब्यन्जनकार र मार्केटिङ तथा ब्रोडकास्टिङका लगि सन्जिव शिल्पकारलाई जिम्मेवारी दिएको थियो ।

त्यस्तै मंगलबारको बैठकले हस्पीटालिटि कमिटि, स्वास्थ्य कमिटि, होटेल तथा यातायत कमिटि, टेक्निकल कमिटि, रेफ्रि को–अडिनेटर कमिटि, समारोह कमिटि, प्रचार प्रसार कमिटि, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटि गठन गरेको छ । त्यस्तै गठित कमिटिको संयोजक पनि तोकेको छ ।

प्रतिक्रिया