आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिककाे झोला पूर्णरुपमा प्रतिबन्ध लगाउँदै सरकार

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिककाे झोला पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको हो ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन वातावरण विभागले आग्रह गरेको छ ।
४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

प्रतिक्रिया