बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा, बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा

नेपालखोज २०७९ भदौ १ गते ९:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया