बैंकिङ कसुर मुद्दाका फरार नीरज पक्राउ
नेपालखोज
२०७९ भदौ १ गते १५:३४

काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना तोकिएका नीरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र ४२ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
रामेछापको मन्थली नगरपालिका ७ घर भई हाल काठमाडौं १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौंमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
सम्बन्धित

प्रतिक्रिया