दार्चुलामा जिप दुर्घटना, ५ जनाको मृत्यु
नेपालखोज
२०७९ भदौ १ गते १७:५५

काठमाडाैं । दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो । जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया