दार्चुला दुर्घटना अपडेट : मृतककाे परिचय खुल्यो (नामसहित)

नेपालखोज २०७९ भदौ १ गते १९:४१

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परि मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया