बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार रामेछापको साविक भटौली गा.वि.स. वडा नं. ७ हाल को परिवर्ति मन्थली न.पा.वडा नं.७ घर भई हाल काठमाडौं का.म.न.पा. १० बस्ने ३९ बर्षिय निज बुढाथोकीलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार प्रतिवादी निरज बुढाथोकीले सेन्चुरी बैंक लिमिटेड, शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दाहरुमा प्रतिवादी बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा आठ दिन कैद र ४२ लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो ।
सो पश्चात फरार रहेका बुढाथोकीलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार कोटेश्वर काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया