बिहीबार, वैशाख १३, २०८१

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा, बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा

नेपालखोज २०७९ भदौ २ गते ८:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५४ रुपैयाँ २२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ७८ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया