भदौमा सनराइजको अफरै-अफर

काठमाडौं । महान चाड हरितालिका तीज रहेको भदौ महिना, महिलाका लागि विशेष मानिन्छ । महिलालाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाका लागि यस महिना विशेष योजना ल्याएको छ ।
तीजका लागि महिलाको किनमेल गर्नुपर्ने आवश्यकता मध्य नजर गर्दै बैंकले भदौ १ देखि १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलालाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा पाँच सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ । साथै भदौ महिनाभरि सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षका लागि फ्रि डेबिट कार्ड, फ्री मोबाइल बैंकिङ, फ्री डिम्याट, फ्री मेरो सेयर, फ्री क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्न लकर सुविधा लिन सकिनेछ । जसमा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ ।
बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसूति खर्च र पाँच लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै स्वास्थ्य योजनाअन्तर्गत एक लाखसम्मको स्वास्थ्य बिमासमेत दिँदै आएको छ ।









प्रतिक्रिया