प्रतिनिधिसभामा नागरिकता विधेयकमा मत विभाजनको प्रक्रिया सुरु

नेपालखोज २०७९ भदौ २ गते १९:१२

काठमाडाैं । प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को मतविभाजन प्रक्रिया सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले हुन्छ, हुन्न र मत दिन्न भन्ने पक्षमा मतदान गर्ने प्रक्रिया प्रारम्भ भएको घोषणा गरी उक्त प्रक्रिया प्रारम्भ भएको हो ।

नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया