बिहीबार, वैशाख १३, २०८१

एनएमबि बैंकद्वारा नारीहरुका लागीे विशेष सुविधायूक्त एनएमबि स्मार्ट नारी बचत खाता

नेपालखोज २०७९ भदौ २ गते १९:४५

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजार रुपैंयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा शुन्य दशमलव २५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया