मंगलबार, चैत ६, २०८०

कृष्ण जन्माष्टमीमा यी विधिबाट हटाउनुहाेस् कालसर्प दोष !

नेपालखोज २०७९ भदौ ३ गते ५:००

कालसर्प दोष हटाउन कृष्ण जन्माष्टमी पर्वलाई निकै शुभ मानिन्छ । भनिन्छ, भगवान् कृष्णमा पनि कालसर्प दोष थियो, त्यसैले जेलमा जन्म लिनुपरेको थियो र जन्मपछि मात्रै आमाबाबुबाट टाढा गए । ज्योतिषशास्त्र अनुसार यस दिन काल सर्प दोष हटाउने उपाय बताईएको छ ।

काल सर्प दोष हटाउन कृष्ण जन्माष्टमीमा गर्नुहोस् यी उपाय
ज्योतिषशास्त्रका अनुसार कुंडलीमा राहु र केतु एकतर्फ र अन्य सबै ग्रह अर्कोतर्फ हुँदा काल सर्प दोषको निर्माण हुन्छ । कालसर्प दोषबाट पीडित व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । जन्माष्टमीमा बालगोपालको पूजा गर्दा कालिया नागमा कृष्णको साथमा नाचिरहेको तस्बिर राख्नुहोस् । यसपछि विधिपूर्वक पूजा गर्नुहोस् । यसका साथै मथुराको कालिया नाग मन्दिर पनि हेर्न सकिन्छ । मन्दिरको बिशेषता के छ भने कालिया नाग कृष्णजीबाट भाग्न थालेपछि कृष्णले आफ्नो श्रापले ढुङ्गाको कालिया नाग बनाएका थिए, यहाँ ढुङ्गाको कालिया नाग अहिले पनि छ । उनको दर्शनले कालसर्प दोष हट्छ ।

कृष्णलाई बाँसुरी चढाउनुहाेस्
जन्माष्टमीमा कालसर्प दोष हटाउन भगवान कृष्णलाई बाँसुरी चढाउनुहोस् । राहु–केतु छायाँ ग्रहहरू हुन् र तिनीहरूले नकारात्मक ऊर्जा फैलाउँछन्, जसले कालसर्प दोषलाई प्रभावकारी बनाउँछ तर बाँसुरीले नकारात्मक ऊर्जा हटाउँछ र सकारात्मक ऊर्जा प्रवाह गर्छ । त्यसैले कान्हालाई बाँसुरी चढाउनुहोस् र भोलिपल्ट घरको अगाडि बाँसुरी झुण्डाएर दिनहुँ पूजा गर्नुहोस् । यसो गर्दा काल सर्प दोष प्रभावकारी हुँदैन । कृष्णजन्माष्टमीका दिन विधिपूर्वक पूजा गरी गोविन्द दामोदर स्तोत्रको पाठ गर्नुहोस् । यसो गर्नाले ग्रहहरूको अशुभ प्रभाव टाढा रहन्छ र भागवत कथा सुन्दा विजय प्राप्त हुन्छ । साथै यस स्तोत्रको पाठ गर्नाले घरमा सुख–समृद्धि रहन्छ र भगवान् श्रीकृष्णको आशीर्वाद पनि प्राप्त हुन्छ।

प्रतिक्रिया