मंगलबार, वैशाख ११, २०८१

अब, बगली मार्छ कसले ?

अर्जुन पराजुली २०७९ भदौ २५ गते १०:२३

अब, बगली मार्छ कसले ?
मिटर-ब्याजको बल्छीमा पार्छ कसले ?
छोरी-बुहारी सीमानापारि तार्छ कसले ?
सार्वजनिक जग्गालाई सरुवा गरेर
निजी लालपुर्जामा सार्छ कसले ?
अब
भ्रष्टाचारको दियो बाल्छ कसले ?।
कात्रोमा खल्ती हल्छ कसले ?
सिटामोलमा कमिसन खान्छ कसले ?।
टोलमा छुरा हान्छ कसले ?!

लोभ नगरीकन समाजलाई
बलात्कारको उपहार दिन्छ कसले ?।
देश समृद्ध बनाउन अब
अपहरणको जिम्मा लिन्छ कसले ।

यी सानातिना काम अब ।
विचल्लीमा पर्ने भए ।
कसैले नगर्ने भए ।
ठूलाठूला काम गर्न जब-
यी खेतालाहरू सबै
सांसद् भवनमा बसाइँ सर्ने भए !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया