मंगलबार, चैत ६, २०८०

युनियनले भन्यो- घरमै गएर अध्यक्ष लम्सालमाथि दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारबाही होस्

नेपालखोज २०७९ भदौ ३ गते १०:५७

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले अध्यक्ष शिव लम्सालमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । युनियनले बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लम्सालमाथि ट्राफिक प्रहरीले मानमर्दन हुने गरी घरमै गएर दुर्व्यहार गरेको भन्दै खेद व्यक्त गरेको हो ।

युनियनका अध्यक्ष लम्साललाई साउन ३१ गते साँझ नयाँ बानेश्वरस्थित उनकै निजी निवासमा पुगेर ट्राफिक प्रहरीले नियोजित रुपमा दुर्व्यवहार गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा छ । विज्ञप्तिमा भनिएको छ, ‘लम्सालको घरनजिकै रेस्टुरेन्टअघि पार्किङ गरिएका सवारीसाधानले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो ।’

यस्तै युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दै भिडियो खिचेर सामाजिक सन्जालमा राखेर दुर्व्यवहार गरिएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया