प्रदेश १ र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा

नेपालखोज २०७९ भदौ ४ गते ६:२६

काठमाडौं । प्रदेश १ मा सामान्यदेखि पूर्णत: बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ तथा सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया