कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक
नेपालखोज
२०७९ भदौ ४ गते ९:३९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।
गिरीलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले ट्विट गरेका छन्, ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दै छु, सबैले प्रार्थना गरौं ।’
सम्बन्धित

प्रतिक्रिया