शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा २९९ संक्रमित, २ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ४ गते १६:०८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनाको नमुना परीक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ६७० जनाको पीसीआर परीक्षण गर्दा १८० जनामा र २ हजार ६६७ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५७७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार ६२५ पुगेको छ ।

प्रतिक्रिया