माओवादीमा २१ सदस्यीय पदाधिकारी, गुरुङ बने महासचिव (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव देव गुरुङको नाम प्रस्ताव गरिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेस गरेका छन् ।
उनले महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ तथा उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरेका छन् । यस्तै बैठकमा प्रचण्डले सात उपमहासचिव, नौ सचिव र एक कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका हुन् ।
हेरौं प्रचण्डद्वारा प्रस्तावित सूची
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मातृका यादव
सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष : श्रीराम ढकाल

प्रतिक्रिया