नेता गिरिको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

नेपालखोज २०७९ भदौ ५ गते १०:१३

सिरहा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

लहान १० का बासिन्दा गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।

उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि २०७४ को निर्वाचनमा सिरहा क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया