प्रतिनिधिसभा बैठक स्थगित

नेपालखोज २०७९ भदौ ५ गते ११:३१

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्रर्तिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।

प्रतिक्रिया