गिरिको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने
नेपालखोज
२०७९ भदौ ५ गते १३:०४

काठमाडौं । नेता प्रदीप गिरिको निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । केन्दीय समितिको आइतबार बसेको बैठकले आइतबार (आज), सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो ।
उक्त बैठकले तीन दिन झण्डा आधा झुकाउने र श्रद्धाञ्जली बाहेकका कार्यक्रम नगर्ने निर्णय गरेको छ । केन्द्र र मातहतका सबै कार्यालय सोमबार (भोलि) बन्द हुने तथा १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । केन्द्र र सबै जिल्लामा १६ गते शोक सभा गर्ने बैठकको निर्णय छ ।
७५ वर्षको उमेरमा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उपचारको क्रममा गिरिको निधन भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया