शनिबार, जेठ ५, २०८१

तीव्र उतारचढावबीच ७ अंकले नेप्से घट्दा २ अर्ब ४ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ ५ गते १५:५०

काठमाडौं । तीव्र उतारचढावका बीच नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुरुवाती समयमा नेप्से बढेको थियो । तर त्यो बढाइ अन्तिम समयसम्म टिक्न सकेन । अन्तिम समयमा नेप्से ७ दशमलव ७२ अंकले घटेर दुई हजार ६० दशमलव ५५ अंकमा झर्न पुग्यो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले घटेर तीन सय ९८ दशमलव ५८ अंकमा झरेको छ ।

दुई सय १८ कम्पनीको ४३ हजार चार सय ५५ पटकको कारोबारमा ५३ लाख ३९ हजार चार कित्ता सेयर किनबेच हुँदा आइतबार कुल कारोबार रकम दुई अर्ब चार करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आइतबार १३ समूहहरूको कारोबार भएकामा चारवटा समूहहरूको सूचक बढेर नौवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव चार अंकले बढेर १३ सय ५७ दशमलव ७० अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि आठ दशमलव तीन अंकले बढेर आठ हजार दुई सय ६७ दशमलव २२ अंकमा चढेको छ ।

यसैगरी होटेल तथा पर्यटन र उत्पादनमूलक समूहहरूको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने ३५ दशमलव दुई अंकले घटेर तीन हजार सात सय ७५ दशमलव २९ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि २८ दशमलव ७८ अंकले घटेर २४ सय ६९ दशमलव ६१ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव दुई अंकले घटेर नौ हजार चार सय १२ दशमलव ३२ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आइतबार माउन्टेन हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय १५ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रिभर फल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १९ प्रतिशतले घटेर दुई सय ९२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय १२ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड २८ लाख ५० हजार नौ सय ६८ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया