प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ट्रयाङकुलिटी स्पामा छुट

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । कम्पनीका अनुसार यही भदौ एक गते प्रभु क्यापिटल तथा ट्रयाङकुलिटी स्पामाका बीचमा छुट सम्वन्धी सम्झौंता भएको हो । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङकुलिटी स्पामा बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टरभई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ । हितग्राहीले चेक आउट, बिल पे मेन्ट गर्दा प्रभु क्यापिटलको मोवाईल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रयाङकुलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउदै ग्राहकलाई सेवा प्रदान गर्दछ ।








प्रतिक्रिया