गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

नेपालखोज २०७९ भदौ ७ गते ६:४७

काठमाडाैं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । हिजाे बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज पनि बैठक बस्न लागेको हो । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँडबारे छलफल भए पनि निष्कर्षको नजिकमा पुगेको तर निष्कर्ष भएकाे थिएन ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक निष्कर्षको नजिकमा पुगेको र मंगलबार फेरि बस्ने बताएका थिए ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड गरेर चुनाव जाने सहमति भएको छ ।

प्रतिक्रिया