एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७९ भदौ ७ गते ८:४९

काठमाडाैं । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा निर्वाचन केन्द्रीत योजना बनाउने विषयमा छलफल हुने जनाइएकाे छ । आगामी मंसिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

एमालेले भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेकाे छ ।

प्रतिक्रिया