बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसदमा पेस

नेपालखोज २०७९ भदौ ७ गते ११:५०

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरेको छ । प्रतिनिधिसभाको बैठकमा आज (मंगलबार) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया