गठबन्धनकाे सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
नेपालखोज
२०७९ भदौ ८ गते ६:४४

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ । मंगलबार बसेको बैठकपछि जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गरेका थिए ।
मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि मापदण्ड तयार पार्न बैठक बस्न लागेकाे हाे ।
विभिन्न मोडालिटीमा छलफल गरिरहेकाे कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।
सम्बन्धित

प्रतिक्रिया