समानुपातिक निर्वाचनमा भाग लिनेलाई भदौ १० देखि १२ गतेसम्म दल दर्ताकाे आह्वान
नेपालखोज
२०७९ भदौ ८ गते ९:०४

काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलेले दल दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्न पनि सूचना जारी गरेकाे छ ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्न भनेकाे छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जारी गरेकाे सूचनामा उल्लेख गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया