नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरियो : अध्यक्ष दाहाल

नेपालखोज २०७९ भदौ ८ गते ९:४९
फाइल तस्बिर

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताए । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए ।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।’

झन्डै छ÷सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उनले भने, ‘आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।’

प्रतिक्रिया