गरिमा र फोकसवान पेमेन्टबीच सम्झौता

नेपालखोज २०७९ भदौ ८ गते १३:५२

काठमाडौं । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रअनुसार गरिमाका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तै- मोबाइल टपअप, इन्टरनेट, विद्युत्/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायत सेवा सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

हाल, गरिमाले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया